हेटौंडाको ८ नं. वडा बालमैत्री वडा घोषणा हुँदै

संवाददाता
२५ असार २०८१, सोमबार १६:४९

२४ असार, हेटौँडा । हेटौंडा उपमहानगरपलिका वडा नम्बर –८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा असार २९ गते ८ नम्बर वडालाई उपमहानगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बालमैत्री स्थानीय शासन वडा समिति संयोजक एवं ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाले यस वडाले बालमैत्री वडा घोषणाको लागि आवश्यक ५१ सूचकहरु पूरा गरेको बताउनुभयो ।
यस वडाले २०७९ मंसिर १८ गतेदेखि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको लागि अभियान सुरु गरेको थियो । वडा भित्र रहेका टोल विकास संस्था, बाल समूह मार्फत् गरिएका कार्यहरुको उपमहानगरपालिका, जिल्ला समन्वय समितिबाट स्थलगत अनुगमन तथा प्रमाणिकरण पश्चात् बालमैत्री वडा घोषणा हुन लागेको हो । बालमैत्री शासन घोषणा पश्चात् दिगोपनाका लागि कुल पूँजीगत खर्चको ११ लाख बजेट बालबालिकाको लागि अनिवार्य छुट्याउने वडा अध्यक्ष थापाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*