हेटौंडामा तेस्रो थाहा फोटो प्रदर्शनी सुरु

संवाददाता
२० पुष २०८०, शुक्रबार १२:४०

२० पुस, हेटौँडा । फोटो प्रदर्शनीको माध्यमबाट थाहा नगरपालिकालाई चिनाउनका लागि हेटौंडामा तेस्रो थाहा फोटो प्रदर्शनी सुरु भएको छ ।
थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियानको व्यवस्थापनमा हेटौडाको बुद्धचोकमा दुई दिने प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीको हेटौंडा उपमहानरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामाले यस्ता अभियानले पर्यटन प्रर्वद्धन र संस्कृतीक मूल्य मान्यता कायम राख्न मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकारले आफ्नो स्थानमा भएका पर्यटकीय स्थलको संरक्षणमा लागेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन लाग्नपर्ने आवश्यकता औंल्याउनुभयो ।


थाहानगरका पर्यटकीय स्थलहरुको बारेमा प्रचार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना कार्यक्रका व्यवस्थापक एवं फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीले बताउनुभयो ।


प्रदर्शनीमा थाहानगरका विभिन्न पर्यटकीय स्थलहरु, धार्मीक स्थल, संस्कृती परम्परा झल्कने फोटो लगायत नगरबासीको जीवनशैलीलाई समेत फोटो मार्फत् प्रस्तुत गरिएको छ । प्रदर्शनीमा फोटोग्राफर गणेश विष्ट, श्रीकृष्ण श्रेष्ठ, रामकुमार कार्की, सुरज भुजेल लगायतले खिचेका ६० वटा फोटो राखिएका छन् । यस अघि काठमाण्डौं र चितवनमा फोटो प्रदर्शनी गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*