हेटौंडामा यमरी महोत्सवको आयोजना

संवाददाता
१० पुष २०८०, मंगलवार १८:५९

१० पुस, हेटौँडा । नेवारी परिकार यमरीको महत्व जोगाउन एवं यमरी पर्वबारे जानकारी दिन हेटौंडामा यमरी महोत्सवको आयोजना गरिएको छ ।
हेटौडाको बुद्धचोकमा नेवा साँस्कृतिक पुचः र नेवा देय दबुको आयोजनामा छुट्टाछुट्टै रुपमा ‘योमरी महोत्सव तथा निशुल्क यमरी वितरण’ गरिएको हो । दुबै कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले गर्नुभयो । उद्घाटन पश्चात् आगामी दिनमा एक भएर महोत्सवलाई महामहोत्सव बनाउन नगर प्रमुख लामाले आयोजकद्वयलाई सुझाव दिनुभयो ।
नेवार समुदायमा प्रचलित परिकार योमरीको स्वाद सबैलाई चखाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेवा सास्कृतिक पुचःले जनाएको छ नयाँ पुस्तालाई समेत यो पर्वको बारेमा जानकारी लिने अवसर यस्ता कार्यक्रमले दिने नेवा देय दबु हेटौंडा नगर अध्यक्ष प्रतिमा श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*