हेटौंडा अस्पतालमा एर्मेजेन्सी फार्मेसी संचालनमा
६ चैत्र, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा आकस्मिक सेवाको लागि छुट्टै फार्मेसी संचालनमा ल्याइएको छ ।
आकस्मिक स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउनका लागि अस्पताल विकास समितिले छुट्टै फार्मेसी सन्चालनमा ल्याएको हो । अस्पतालमा बिरामीको चापलाई मध्यनजर गर्दै इर्मेन्जेन्सी फार्मेसी सञ्चालनमा ल्याइएको अस्पताल विकास समतिकाका सदस्य उत्सव चौंलागाईले बताउनुभयो । आकस्मिक बिरामीलाई तत्काल औषधी आवश्यकता पर्ने र दिउँसोको समयमा भिँड हुने भएकाले बिहान १० देखि ४ बजेसम्म औषधी लिने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापक सुरेन्द्रदेव बडुले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य समयमा भने साविककै फार्मेसीबाट औषधि लिन सकिनेछ । फार्मेसी सन्चालनमा आएसँगै बिरामीलाई औषधी खरीदका लागि सहज भएको छ ।

आकस्मिक फार्मेशीमा बीमा सेवाका औषधी, नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधी, लगायत अन्य औषधी समेत उपलब्ध रहेको अस्पताल विकास समितिले जनाएको छ । यस अघि बहिरंग सेवा र आकस्मिक सेवाका बिरामीले एउटै फार्मेशीबाट औषधि किन्नुपर्ने बाध्यता थियो । अस्पतालमा दैनिक ८ सय देखि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।














