हेटौंडा–२ स्वयम्भु डाडाँमा ३ दिवशीय बज्रकिलाया पूजा हुने
३ माघ, हेटौँडा । हेटौंडा–२ स्वयम्भु डाडाँमा ३ दिवशीय फूर्वा (बज्रकिलाया) पूजा, आर्य अपारमिता पूजा र धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै बौद्ध माणि समिति टाशी हिशे गुम्बाको आयोजनामा माघ १४ गतेदेखि १६ गतेसम्म शान्ति पूजाको आयोजना गरिन लागिएको आयोजक समितिले जानकारी दिएको छ । धर्मगुरु दार्जे गुरु ज्यामयाङ् कुश्याब् रिन्पोन्छेद्वारा हुने पुजा तथा प्रवचन कार्यक्रमको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने जनाईको छ । देश विदेशबाट करिब ५ हजार धर्मावलम्बीहरु उपस्थित हुने र शान्ति पूजामा १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको समितिका सचिव विकास लामाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा टाशी हिशे गुम्बा विकास समितिका अध्यक्ष कालु घलान, सचिव विकास लामा, गुम्बाका गुरु लोपोन लोब्साङ दोर्जे, प्रचारप्रसार समितिका संयोजक तेम्जोङ लामा, स्वयमसेवक उपसमितिका संयोजक दिनेश वाईवा लगाएतको उपस्थिति रहेको थियो ।














