हेटौडा प्रादेशिक अस्पतालमा एनेस्थेसिया सहायकको १ वर्षे तालिम सुरु

संवाददाता
२४ मंसिर २०८०, आईतवार १९:०२

२४ मंसिर, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौडा प्रादेशिक अस्पतालमा एनेस्थेसिया सहायकको १ वर्षे तालिम सुरु भएको छ ।
पहिलो पटक प्रदेश स्तरीय एनेस्थिेसया सहायकको तालिम बागमती प्रदेशमा सुरु भएको हो । एनेस्थिेसिष्ट स्वास्थ्यकर्मीको अभाव परिपूत्र्ति गर्नका लागि तालीमको सञ्चालन गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष सुरेन्द्र सेरचनले बताउनुभयो । बागमती प्रदेशका दुरदराजका स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति आपूर्ती गर्न तालिम प्रभावकारी हुने उहाँको विश्वास छ ।
तालिमको उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले एनेस्थेसिया सहायकका लागि जनशक्ती मागको सूचना निकाले पनि जनशक्ति नपाउने गरेको तितो यथार्थलाई मध्यनजर गर्दै मन्त्रालयले तालिम सञ्चालन गर्न लागेको बताउनुभयो । एक वर्षे तालिम पश्चात प्रदेश मातहतका अस्पतालहरुमा कामको अवसर पाउनमा ढुक्क हुन उहाँले प्रशिक्षार्थीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा पहिलो ब्याचका प्रशिक्षार्थीलाई स्वागत गरिएको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन दुर्गा कुमारी मिश्र, हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट रामचन्द्र सापकोटा, अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौंलागाई, एनेस्थोलोजिस्ट डा प्रशान्त बिडारी लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*