हेटौडा १८ नं. वडामा चैते धान रोपाई

संवाददाता
१५ चैत्र २०८०, बिहीबार १९:२८

१५ चैत्र, हेटौंडा । सृजनशील नेपालको आयोजनामा हेटौडा उपमहानगरपालिकाको वडा नम्बर १८ मा चैते धान रोपाई गरिएको छ ।
हेटौडा उपमहानगरपालिकाको वडा नम्बर १८ को र्आिथक सहयोगमा चैते रोपाई गरिएको हो । सूख्खा जग्गामा बोरिङको सहायताले चैते धान रोपाइको शुरुवात गरिएको हो । उपमहानगरका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा रोपाई कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै उपमेयर बाँनियाले कृषि योग्य जमिनलाई संरक्षण गरि उपमहानगरलाई कृषिमा आत्म निर्भर बनाउने उद्देश्यले कार्य गर्दै आइरहेको स्पष्ट पार्नुभयो । हरेक वडामा परक उत्पादन फरक पहिचान योजना बनाएर काम गर्दै जाने उहाँको भनाई छ ।
सृजनशील नेपालका अध्यक्ष शमन्ता बरालको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेटौडा उपमहानगर पालिका वडा नम्बर १८ का वडा अध्यक्ष अनिल बानियाँ, वडा सदस्य तोयानाथ तिमल्सिना,लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*