१० दिने मेहेन्दी एवं नेल आर्ट तालिमको बुधबार समापन

संवाददाता
२७ असार २०८१, बुधबार १७:३८

२६ असार, हेटौँडा । मुम्बई मेहेन्दी सेन्टर सँगको सहकार्यमा जेसि इन्डस्ट्रिजको आयोजनामा हेटौंडामा सञ्चालित १० दिने मेहेन्दी एवं नेल आर्ट तालिमको बुधबार समापन गरिएको छ ।
असार १६ गतेदेखि सुरु भएको तालिमको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्ययतामा समापन गरिएको हो । तालिममा ३ सय ५० जना सहभागी थिए । मुम्वई मेहन्दी सेन्टरका कुलदीप कुमारले मेहेन्दी र नेल आर्ट सम्बन्धि तालिम प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा सहयोगीहरुलाई मायाको चिनोका साथै तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । जेसि इन्डस्ट्रिजका अध्यक्ष देवनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नेपाली काँग्रेसका जिल्ला सचिव इश्वर पाठक लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*