१ करोड ३५ लाख मुल्य बराबरको अवैध कपडा सहित २ भारतीय नागरिक पक्राउ
३ असोज, हेटौँडा । मकवानपुर प्रहरीले १ करोड ३५ लाख मुल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी उपरिक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रक चेकजाँच गर्दा उक्त मूल्य बराबरका अवैध लत्ताकपडा बरामद गरेको हो । प्रहरकिा अनुसार सुनसरीबाट काठमाण्डौ जाँदै गरेको उक्त ट्रकमा आलूको भन्सार बिल काटेर ७४ बोरा लत्ताकपडाहरु ल्याइएको थियो ।
२ सय ५६ बोरा आलू भित्र तयारी कुर्ता, रोल सहितको सर्ट पाइन्ट लुकाएर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीले ट्रकका चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, पुर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सोही स्थानका सहचालक बर्ष १९ का मुना मियालाई पक्राउ गरेको छ ।
भन्सार छलि ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतिय ट्रक समेतलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।














