३२ औं अन्तराष्ट्रिय अपांगता दिवस हेटौंडामा पनि मनाईयो

संवाददाता
१७ मंसिर २०८०, आईतवार १९:२४

१७ मंसिर, हेटौँडा । ३२ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम गरीएको छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन आइतबार हेटौंडामा ¥याली सहित पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिएको हो । सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा बुद्धचोक देखि शुरु भएको ¥याली हुप्रचौरमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा अपांगता भएका व्यक्ति सहित अपांगताका क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाको प्रतिनिधित्व रहेको थियो । ¥यालीमा आपांगता भएका हरुको हक हित माग गरिएका प्ले कार्ड प्रदर्शन गरिनुका साथै समेतनामूलक नारा लगाइएको थियो ।


त्यस्तै, हुप्रचौरमा भएको कोणसभामा अपांगता भएका विद्यार्थीहरुबीच भएको श्रृजनात्मक प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । नवज्योती माध्यामिक विद्यालयले चम्चा रेस प्रथियोगिता आयोजना गरेको थियो । त्यस्तै, शान्ती सुस्त श्रवण तथा बहिरा स्कुल र आशा सि स्कुलले चित्रकला प्रतियोगिता आयोजना गरेका थिए । सेन्टर फर अटिजममा दौड प्रतियोगिता र बालज्योती माविमा ब्रेल लेखन प्रतियोगिता आयोजना गरिएको थियो । विजेतालाई सामाजिक विकास मन्त्रालयका सचिव भिष्मकुमार भूसाल, हेटौंडा उपमहानगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख विष्णुकुमारी लामिछाने लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*