३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने
११ मंसिर, हेटौँडा । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
सोमबार सामाजिक विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिइएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन सामाजिक विकास मन्त्रालय सहित बुद्धचोक र बसपार्कमा व्यानरद्धारा प्रचारप्रसार गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अपांगता अधिकार सम्बन्धि रेडियो टेलिभिजन संवाद, मंसिर १३ गते राजनैतिक दलसँग विचार गोष्ठिको आयोजना गरिएको छ । त्यस्तै, मकवानपुरमै पहिलो पटक अपांगता भएका व्यक्तिहरुले मंसिर १४ गते रक्तदान गर्न लागेको राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले जानकारी दिनुभयो । १४ गते नै अपांगता भएका विद्यार्थीहरुबीच श्रृजनात्मक कार्यक्रम गरिने भएको छ । १५ गते अभिमुखिकरण कार्यक्रम, १६ गते बुद्धचोकमा दीप प्रज्वलन र १७ गते मुख्यदिन बुद्धचोबाट हुप्राचौरसम्म ¥याली सहितको कोणसभा तथा मुख्यमन्त्रीको उपस्थितीमा पुरस्कार वितरण कार्यक्रम रहेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । बागमती प्रदेशमा १ लाख २४ हजार १ सय १ अपांगता भएका व्यक्ति रहेका छन् । विश्वभर एक साथ मनाइने यो दिवसको यस वर्षको राष्ट्रिय नारा नारा दिगो विकास लक्ष्य प्राप्तीका लागि प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता रहेको छ ।














