४ हजार मेगावाट विद्युत प्रवाह गर्ने हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न
२६ जेठ, हेटौँडा । ४ सय केभीको तेस्रो ठूलो विद्युत प्रसारण लाइन हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
४ हजार मेगावाट विद्युत प्रवाह गर्ने गरी हेटौंडा ११ थानाभ¥याङमा हेटौंडा सबस्टेसन शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित यो स्टेशन नेपालकै तेस्रो ठूलो सवस्टेसन हो । जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर प्रशारण लाइन नेपालकै पहिलो, सुनसरीको इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो । नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभ¥याङमा नै २२० र १३२÷११ केभी क्षमताका सबस्टेसन निर्माण गरिएको छ ।
हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । हेटौडा ४०० केभी सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता गरिएको थियो। हेटौँडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।














