५२ औं विश्व वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाइने

संवाददाता
१५ जेष्ठ २०८१, मंगलवार १६:४५

१५ जेठ, हेटौँडा । ५२ औं विश्व वातावरण दिवस विविध कार्यक्रम गरि सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।
टोल विकास संस्था नगर समन्यय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा जेठ १७ गतेदेखि २३ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्दै वातावरण दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा रक्तदान देखि वातावरण मैत्री झोला वितरण सम्मका कार्यक्रम सप्ताहव्यापी कार्यक्रममा समेटिएको रिपोटर्स क्लब मकवानपुरको समन्वयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईको छ । कार्यक्रम तालिका अनुसार जेठ १७ गते हेटौंडा १९ बस्तीपुरमा रक्तदान कार्यक्रम, १८ गते हेटौंडा १० फरेष्टि गेट अगाडीबाट बसपार्क सम्म फोहोर खोज चूनौति कार्यक्रम राखिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै १९ गते प्राकृतिक वातावरणमा मेयर÷उपमेयर सँग बालबालिका र नगर भित्रका सबै टोल विकास संस्था सरसफाईको कार्यक्रम रहेको छ । जेठ २० गते फोहोरमैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक बाल क्लव स्तरीय निबन्ध लेखन प्रतियोगिता, २१ गते साईकल ¥याली तथा सम्मान, २२ गते खेर गएका वस्तुबाट उत्पादित सामग्री प्रतिस्पर्धा, जेठ २३ गते हेटौंडा ४ हुप्रचौरबाट बाजागाजा, झाँकी सहितको वातावरणीय सचेतनामूलक ¥याली, सम्मान, पुरस्कार वितरण तथा सप्ताहव्यापी कार्यक्रम समापन रहेको छ । सोही दिन कार्यक्रममको अन्तिममा कपडाको झोला वितरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*