६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

संवाददाता
२६ चैत्र २०८०, सोमबार १९:१०

२६ चैत्र, हेटौँडा । हेटौंडामा सञ्चालित ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न भएको छ ।
मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा सञ्चालित तालिमको सोमबार एक औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा तालिम समापन गरिएको हो । तालिम उपयोगी र फलदायी भएको सहभागीहरुले बताएका थिए । चैत्र २१ गतेदेखि सुरु भएको तालिममा २० जनाको सहभागिता रहेको थियो । रामेश्वर अर्याल, नवराज खनाल, सीताराम दाहाल, गोविन्द दाहाल, महेश अधिकारी लगायतले तालिममा सहजीकरण गरेका थिए ।
तालिममा सहभागी भएकाहरुलाई प्रमुख अतिथि देवकोटाले प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो । सहकारीका अध्यक्ष, ब्यवस्थापक, लेखा समिति, सञ्चालक सदस्यहरुलाई सहकारीका लेखाका विविध पक्षहरुको बारेमा जानकारी दिने उद्धेश्यले तालिमको आयोजना गरिएको हो । समापन कार्यक्रममा हेटौडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कँडेल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकी पूर्व उपाध्यक्ष राधा सिङतान, नेपाल अडिटर एशोसियसनका केन्द्रीय सदस्य प्रकाश ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*