कर्रामा सुविधा सम्पन्न विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन
३ फागुन, हेटौँडा । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा—९ कर्रामा सुविधा सम्पन्न विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ ।
तीन युवा व्यवसायीले एक करोड रुपैयाँभन्दा बढी लगानीमा दुर्गामाता र्चािजङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । चार्जिङ सटेसनको हेटौँडा उपमहानगरपालिका वडा नंं.—९ का वडा अध्यक्ष सुकराम केसीले उद्घाटन गर्नुभयो । हाललाई एकपटकमा ३ वटासम्म गाडी चार्ज गर्न मिल्ने गरी निर्माण गरिएको सञ्चालक उपेन्द्र सापकोटाले बताउनुभयो । पुर्व पश्चिम लोकमार्ग भएर चल्ने साना ठूला विद्युतीय सवारीसाधन चार्ज गर्न कर्रा स्टेशन उपयुक्त हुने उहाँको भनाइ छ ।

युवा ब्यबसाय उपेन्द्र सापकोटा, बिप्लप पौडेल र सन्तलाल मिजारले संयुक्त रूपमा लगानीमा विद्युतीय चार्जिङ स्तेशन सञ्चालनमा ल्याएका हुन् । यस स्टेशनमा खाना नास्ताको सुविधा, सवारी धुने व्यवस्था समेत रहेको छ ।














