२ जना पत्रकार सहित एकजना कलाकार सम्मानित
१५ जेठ, हेटौँडा । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस २०८३ को अवसरमा चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता तथा कला क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
संघका केन्द्रीय उपाध्यक्ष दीपज्योति थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकार तथा कलाकारहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा संघद्वारा प्रदान गरिँदै आएको ‘धनमान श्रेष्ठ स्मृति चलचित्र कलाकार सम्मान–२०८३’ कलाकार विष्णु प्रसाद सापकोटा लाई प्रदान गरिएको छ । त्यसैगरी, ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३’ चलचित्र पत्रकार कृष्ण भट्टराईलाई प्रदान गरिएको छ ।
यस्तै, ‘चलचित्र पत्रकारिता पुरस्कार–२०८३’ कान्तिपुरका संवाददाता सुवास विडारी लाई प्रदान गरिएको संघले जनाएको छ । चलचित्र पत्रकारिता तथा कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
संघका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल लगायत सञ्चारकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो ।
चलचित्र पत्रकार संघले राष्ट्रिय चलचित्र पत्रकारिता दिवस जेठ ७ गते मनाउने गरेतापनि मोफसलका शाखाहरुले भने आ–आफने अनुकुलतामा दिवस मनाउने गर्दछ ।














