नेपाल प्रहरी सांस्कृतिक सांझ २०८३ चितवनमा सम्पन्न

संवाददाता
१९ बैशाख २०८३, शनिबार १८:३७

१९ वैशाख, हेटौँडा ।सामुदायिक सेवा केन्द्र चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा नेपाल प्रहरी सांस्कृतिक सांझ २०८३ चितवनको नारायणी कला मन्दिरमा सम्पन्न भएको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरिक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल प्रहरीका कलाकार र लोक गायक मिलन लामाले सांगितीक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी, चितवनका विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्र चितवनका अध्यक्ष बरिष्ठ अधिबक्ता राजकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*