ग्रिकका प्रधानमन्त्रीद्वारा २०२५ को नीति तथा प्राथमिकता सार्वजनिक

संवाददाता
२५ भाद्र २०८१, मंगलवार १०:५९

२५ भाद्र, एजेन्सी । ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले सन् २०२५ को नीति तथा प्राथमिकता सार्वजनिक गर्नुभएको छ ।
प्रधानमन्त्रीको पदावधि २०२७ मा समाप्त हुनेछ । त्यतिन्जेलसम्म मित्सोटाकिसले आफूले उच्च वृद्धि हासिल गर्ने र सबै क्षेत्रमा सो वृद्धिको निष्पक्ष वितरण गर्ने लक्ष्य राखेको बताउनु भयो ।
मित्सोटाकिसले पेन्सन र निजी र सार्वजनिक क्षेत्रको तलवमा वृद्धिमार्फत घरपरिवारको आयलाई सुदृढ पार्नुका साथै बेरोजगार र अपाङ्गहरू जस्ता कमजोर समूहहरूका लागि उच्च लाभहरू प्रदान गरी रहेको बताउनु भयो ।
प्रधानमन्त्रीले आर्टिफिसियल इन्टेलिजेन्स जस्ता क्षेत्रका परियोजनाहरूलाई सहयोग गर्ने लगानी कोष स्थापना गर्ने घोषणा पनि गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*