मातृभूमि साहित्य समाजद्वारा ६ जना व्यक्तित्व सम्मानित

संवाददाता
१६ जेष्ठ २०८२, बिहीबार १५:४१

१५ जेठ, हेटौँडा । नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडामा मातृभूमि साहित्य महोत्सव–२०८२ आयोजना गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको प्रवद्र्धनमा मातृभूमि साहित्य समाजद्वारा आयोजित महोत्सवमा साहित्य, कला, सञ्चार, स्वास्थ्यलगायत विविध विधामा योगदान पु¥याएका ६ जना व्यक्तित्वलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । लामो समदेखि पत्रकारितामा सक्रिय रहेका वरिष्ठ पत्रकार प्रताप विष्टलाई मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८२ प्रदान गरिएको छ ।
मायादेवी मातृभूमि पुरस्कार २०८० साहित्यकार गीता रेग्मीलाई प्रदान गरिएको छ । यो पुरस्कार राशि २१ हजार रुपैयाँ रहेको छ । राजकुमार स्मृति मातृभूमि सम्मान २०८० धराने कवि चन्द्र गुरुङ, क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८० रौतहटका साहित्यकार माधव काफ्ले र होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान २०८१ कवि सुदेश सत्याललाई प्रदान गरिएको छ ।
यस्तै, मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०८१ स्वास्थ्य सेवा क्षेत्रमा योगदान पुराउनुभएकी नर्श रजनी ज्ञवालीलाई प्रदान गरिएको छ । सबै पुरस्कार राशी जनही नगद १५ हजार रहेको छ । त्यस्तै, हेटौँडा १८ स्थित कमला आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्र र छात्रालाई झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन सघर्ष प्रोत्साहन वृत्ति प्रदान गरिने भएको छ । ७ हजार पाँच सय रुपैयाँ राशीकोे यो पु्रस्कार सम्बन्धीत विद्यालयमा नै गएर प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा हाम्रो नगर पर्या पर्यटन र संस्कृतिमा समृद्ध सहर विषयमा परिचर्चा एवम् विभिन्न विषयमा बहस कार्यक्रमका साथै सम्मानित स्रष्टाबाट रचना वाचन समेत भएको कार्यक्रम संयोजक हयग्रीव आचार्यले जानकारी दिनुभयो ।
नेपाली भाषा, साहित्य र कलाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले २०५६ सालमा मातृभूमि साहित्य समाजको स्थापना भएको हो । महोत्सव भोलिसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*