मातृभूमि साहित्य समाजले ७ जनालाई सम्मान गर्ने

संवाददाता
९ जेष्ठ २०८२, बिहीबार १९:३१

८ जेठ, हेटौँडा । मातृभूमि साहित्य समाज मकवानपुरले सात जना व्यक्तित्वहरूलाई नगद राशिसहित सम्मान गर्ने भएको छ ।
जेठ १५ र १६ गते हुने दुई दिवसीय मातृभुमि साहित्य महोत्सव २०८२ को अवसरमा सम्मान गर्न लागिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कार्यक्रम संयोजक हयग्रीव आचार्यले पल्पसा प्याराडाइजमा हुने महोत्सवमा विभिन्न विधामा योगदान पु¥याएका सात जना व्यक्तित्वहरूलाई सम्मान गर्न लागिएको जानकारी दिनुभएको हो ।
काठमाडौंका साहित्यकार गीता रेग्मी लाई ‘मायादेवी मातृभूमि पुरस्कार २०८०’ प्रदान गरिने छ । उक्त पुरस्कारको राशि २१ हजार रहेको कार्यक्रम संयोजक आचार्यले जानकारी दिनु भयो । त्यस्तै, ‘राजकुमार स्मृति मातृभूमि सम्मान २०८०’ बाट धरानका चन्द्र गुरुङ र ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८०’ बाट माधव काफ्ले (रौतहट) नगद रु १५ हजार सहित सम्मानित हुनेछन् ।
यसैगरी, ‘होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान २०८१’ बाट सुदेश सत्याल, ‘मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान २०८२’ बाट रजनी ज्ञवालीलाई नगद रु १५ हजार सहित सम्मानित हुने कार्यक्रम संयोजक आचार्यले जानकारी दिनुभयो । पत्रकारिता क्षेत्रको योगदानलाई सम्मान गर्दै ‘मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८१’ बरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गरिने जनाईएको छ । त्यसै गरी झलक बहादुर बानियाँ स्मृृति मातृभूमि जीवन संघर्ष प्रोत्साहन सम्मान २०८०’ बाट हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालयका कक्षा ८ का उत्कृष्ट छात्र–छात्रालाई नगद रु ७ हजार ५ सय सम्मानित गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा हुने कार्यक्रममा साहित्यिक परिचर्चा समेत आयोजना गरिने साहित्य समाजका सचिव किशन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने छ । हेटौंडा उपमहानगरपालिकाले कार्यक्रमको लागि २ लाख रुपैँया आर्थिक सहयोग गरेको छ । आयोजकको अनुसार नेपाली भाषा, साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । मातृभुमि समाजले साहित्यिक कार्यक्रमलाई निरन्तरता दिनका साथै स्थापित एवम् नवोदित प्रतिभाहरुलाई पुरस्कार एवम् सम्मान गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*