लेबनानमा इजरायली आक्रमणको अरब लिगद्वारा निन्दा

संवाददाता
१ कार्तिक २०८१, बिहीबार ११:२२

१ कार्तिक, एजेन्सी । अरब लिग (एएल) का महासचिव अहमद अबोल–घितले बुधवार दक्षिणी लेबनानको नाबातीह नगरपालिकाका भवनहरूमा इजरायली हवाई आक्रमणको निन्दा गर्नुभएको छ ।
इजरायली लडाकु विमानले नाबातीह नगरपालिकाको भवन र नगरपालिकाको संघको भवनमा चारवटा क्षेप्यास्त्र प्रहार गर्दा मेयर अहमद काहिलसहित ६ जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका थिए ।
गाजा पट्टीको अवस्था सबै कल्पनाभन्दा बाहिर गएको कुरामा जोड दिँदै अबोल–घितले लेबनानमा गाजाको अवस्था दोहोरिन नदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*