वंशगोपाल सहकारीको साधारणसभा सम्पन्न
१ कार्तिक, हेटौँडा । हेटौडा ६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३४ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि चौलागाईको सभाध्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्था अध्यक्ष चौलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष केशव धितालले कृषक हितकोषको प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन र पशुधन संरक्षण तथा पशु स्वास्थ्य उपसमितिका संयोजक सूर्य प्रसाद दुलालले पशुधनको प्रतिवेदन पेश गरेका थिए ।
सभाको अवसरमा संस्थाले आव ०८१÷०८२ मा सबै भन्दा धेरै दूध विक्री गर्ने आशिष मल्ल र बासुदेव अधिकारीलाई जनही ७ रुपैयाँका साथै पशु आहार समेत प्रदान गरिएको थियो । त्यस्तै, बलराम गौतम र रजत श्रेष्ठलाई प्रति व्यत्तिः ३५ सय रुपैयाँ तथा नवराज ढकाल र रामनाथ बास्तोलालाई २५–२५ सय नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, गोठ सफा राख्ने दिलकुमारी खत्री, भाडा सफा राख्ने कुल प्रसाद चौलागाई, गुणस्तरीय दूध विक्री गर्ने श्यामप्रसाद न्यौपाने र दिलकुमारी अधिकारीलाई पुरस्कार स्वरुप दुधको क्यान प्रदान गरिएको थियोे ।
यसैगरी उत्कृष्ट बचतकर्ता टीका तिमल्सिना, देवीचन्द्र खड्का, असली कारोवारी नरबहादुर सापकोटा र लक्ष्मी कार्कीलाई समेत पुरस्कृत गरिएको थियो । साधारणसभामा जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, वडा सदस्य विजय पौडेल, सरिता सापकोटा, लेखराज ढकाल, सहकारीका संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, सल्लाहकार बासुदेव अधिकारी, साधुराम चौलागाई, बालकृष्ण चौलागाई, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो ।














