वेस्ट बैंकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

संवाददाता
५ आश्विन २०८१, शनिबार ११:१६

५ असोज, एजेन्सी । इजरायली सेनाले उत्तरी वेस्ट बैंक शहर जेनिनको दक्षिणमा पर्ने कबातिया शहरमा तीन प्यालेस्टाइनी बन्दुकधारीलाई मारेको प्यालेस्टिनी श्रोतले बताएको छ ।
इजरायली सेनाले शहरमा आक्रमण गरी एउटा घरलाई घेरा हालेर तीन बन्दुकधारीलाई मारेको प्यालेस्टिनी स्रोतले बताएको हो । तीन प्यालेस्टाइनीहरू घरको छतमा रहेको बेला इजरायली सैनिकहरूले मारेको बताइएको छ । हालसम्म इजरायली सेनाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।
अक्टोबर ७, २०२३ मा गाजा पट्टीमा इजरायल र हमासबीचको द्वन्द्व शुरु भएदेखि वेस्ट बैंक तनावमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*