४ जना स्रष्टा सम्मानित
१७ जेठ, हेटौँडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ४ जना स्रष्टालाई सम्मानित गरेको छ ।
शनिबार बृहत साहित्यिक तथा सांस्कृति कार्यक्रमको आयोजना गर्दै आँचलले विभिन्न विधाका ४ जनालाई सम्मान गरेको हो । मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान २०८१ बाट हेटौंडा–१० स्थित तुल्सी मेहर बोर्डिङकी छात्रा अनूसूया खनाललाई सम्मानित गरिएको छ । उक्त पुरस्कारको राशी ३ हजार ५ सय रुपैयाँको रहेको छ ।
यसैगरी ५ हजार राशीको मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८१ स्वस्तिका दाहाललाई प्रदान गरिएको छ । सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान– २०८१ बाट पुरूषोतम आचार्यलाई १० हजार रुपैयाँको नगद राशि र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, आँचलको अक्षयकोषका लागि सहयोग पु¥याउने प्रकाश लम्साललाई आँचल सम्मान २०८१ बाट सम्मान गरिएको छ । अक्षयकोषको व्याजदर घटेर आम्दानी घटेसँगै आँचलले यस वर्ष ५ वटा पुरस्कार स्थगित गरेको छ ।
आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षा तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सम्मान कार्यक्रममा वडा–४ का अध्यक्ष नवीन सिग्देल, वडा–१० का अध्यक्ष फूर्वा दोर्जे लामा, गैरसरकारी संस्था महासंघकी अध्यक्ष रमिला सापकोटा, साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौला लगायतको उपस्थिति रहेको थियो ।














