४० जना विद्यार्थीलाई निःशुल्क चारवर्षे बिबिएस पढाउने सिटी कलेजको घोषणा

संवाददाता
२३ जेष्ठ २०८३, शनिबार १४:०३

२३ जेठ, हेटौँडा । हेटौंडा–५ स्थित हेटौंडा सिटी कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चारवर्षे स्नातक तह (बिबिएस) मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई निःशुल्क अध्ययन अवसर प्रदान गर्ने घोषणा गरेको छ ।
कलेजले शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी सार्वजनिक गरेको हो । कलेज हलमा आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य श्री बहादुर कार्कीले उच्च शिक्षालाई सबैका लागि सहज, पहुँचयोग्य तथा समावेशी बनाउने उद्देश्यका साथ विशेष योजना ल्याइएको जानकारी दिनुभयो । ४० जना विद्यार्थीको सीमित कोटा राखेर यो कार्यक्रम अन्तर्गत निःशूल्क लेखा प्रशिक्षण, कम्पयुटर तालिमसहित अन्य विभिन्न तालिम दिएर कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीलाई व्यवसायी सञ्चालन गर्दै रोजगारी प्रदान गर्न सक्ने अवसर प्रदान गरिने उहाँले बताउनुभयो ।
कक्षा–१२ को परीक्षामा उत्तीर्ण गरेर पढ्नका लागि आवश्यक जीपिए ल्याएका विद्यार्थीलाई कलेजबाट सीप सिकेर गएपछि आत्मानिभर्ताको वातावरण मिलाउने र कलेजको नाम राख्नेगरी भर्ना गराइने उहाँले बताउनुभयो । प्राचार्य कार्कीका अनुसार अध्ययनको लागि टिुयको नियम अनुसारको शुल्क लाग्ने शुल्क तथा परीक्षा फारम शुल्क बाहेक अन्य शुल्क लाग्ने छैन । कलेजले यसको लागि तयारी कक्षा समेत सञ्चालन गर्ने जनाएको छ ।
समाजप्रति थप जिम्मेवार र योगदानमुखी भूमिका निर्वाह गर्ने आफुहरुको उद्देश्य रहेको समेत उहाँले बताउनुभयो । कार्यक्रमको कार्यविधि, छनोट प्रक्रिया, आवेदनको समयसीमा तथा अन्य आवश्यक सर्तहरू सम्बन्धी विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने कलेज प्रशासनले जनाएको छ । पत्रकार सम्मेलनमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डे, प्रशासन प्रमुख सुमन्त सिलवाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*