अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं
७ असार, हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साहले सरकारी सम्पतीको दोहन र भ्रष्टाचार गर्नेहरूविरुद्धको कारवाहीमा अख्तियारलाई आवश्यक परे पाँच वर्ष नै सोधपुछ गरिने चेतावनी दिनुभएको छ ।
आईतवार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । केही दिनअघि मात्रै सरकारले प्रधानमन्त्री कार्यालय बोलाएर पाँच घण्टासम्म अख्तियारका कर्मचारीलाई थुनेर राखेको भन्दै समाचार प्रकाशित भएको थियो । सोही समाचारप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
कसैसँग निहुँ नखोज्ने तर विगतमा भएका सरकारी सम्पतीको दोहन भ्रष्टाचारमा भने निहुँ खोजेरै भएपनि कारबाही गर्ने चेतावनी दिनुभयो । आफूहरुले कुनै नियम, कानून नमिच्ने भन्दै नियममै बसेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
विगतका दिनहरूमा भएका सरकारी सम्पती र रकमको दुरुपयोगलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो । साहले कानुनी प्रक्रिया र अनुसन्धानका लागि संवैधानिक निकायहरूसँग समन्वय गर्न आफूहरू प्रतिवद्ध रहेको समेत बताउनु भयो ।














