वर्तमान सरकार ‘सुशासन’ को मुकुण्डोमा उत्रिएः महासचिव पोखरेल

संवाददाता
२८ चैत्र २०८२, शनिबार १२:५२

२८ चैत्र, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गर्नुभएको छ ।
नेकपा एमाले सम्पर्क विशेष सङ्गठन कमिटीद्वारा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको आरोप लगाउनुभएको हो । सभामुखको सम्पती विवरणमाथि प्रश्न उठाउँदै उहाँले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पती कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउनु भयो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उहाँले नयाँ तयार छन् की छैनन् ? भन्दै प्रश्न गर्नुभयो ।
कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*